जसपाको बैठक बस्दै

हेटौँडा/ सत्तासाझेदार दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

जसपा नेता नवराज सुवेदीका अनुसार बैठक आसन्न स्थानीय तह निर्वाचनकेन्द्रित रहनेछ । जसपाले चुनावकेन्द्रित निर्देशिका पनि बनाएको उनले बताए ।

“निर्वाचन निर्देशिका र निर्वाचन कसरी परिणामुखी बनाएर लैजाने भन्ने छलफल हुन्छ,” उनले भने ।

चुनावका लागि प्रचारप्रसार र परिचालन समिति बनाउने तयारी पनि छ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते हुँदै छ ।

यस्तै, पार्टीमा अध्यक्ष, उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीका विषयमा पनि छलफल हुन सक्ने उनले बताए । पार्टी विभाजनपछि जसपामा एक अध्यक्ष पद रिक्त छ ।

राजनीति