यस्तो छ आजको मौसम पूर्वानुमान

हेटौँडा/ अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । शनिबार काठमाडौंको उच्चतम तापक्रम ३१.५ डिग्री सेल्सियस पुगेको थियो । सबैभन्दा उच्च तापक्रम भने धरानमा ३६.७ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै विराटनगरमा ३६.६ डिग्री सेल्सियस तथा भैरहवामा ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

आइतबार सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

समाज