एक करोड ६१ लाख बढिले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

हेटौँडा/ नेपालमा अहिले सम्म १८ वर्षमाथिको कुल जनसंख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनाले कोरोनाविरुद्धको खोपको लगाएका छन् ।

हालसम्म ९३ प्रतिशत नेपालीले कोरोनाविरुद्धको खोप लगाइसकेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्ण मात्रा खोप लगाउनेको संख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कुल लक्षित जनसंख्याको ८१ दशमलव २ प्रतिशत हो ।

साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ ९९१ प्रतिशत० जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको संख्या २३ लाख ११ हजार ९९८ ९६७ प्रतिशत० रहेको छ ।

मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कुल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।

नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्त्रजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरु केही खरीद गरेर सरकारले कुल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।

समाज