‘क्रिप्टो करेन्सीको’ प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान

हेटौँडा/ प्रहरीले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ।

डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’को अवैध कारोबारको प्रचार गरेको आरोपमा उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको जनाइएको छ। सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले कार्कीलाई सोधपुछको लागि बोलाइएको पुष्टि गरे।

नेपाल राष्ट्रबैंकले गैरकानुनी भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी कारोबारमा संलग्नलाई कडा कारबाही गर्ने जनाइसकेको छ। राष्ट्रबैंकले पछिल्लो समय बजारमा क्रिप्टो करेन्सी जस्ता गैरकानुनी भर्चुअल मुद्राहरूको कारोबार बढेको, कारोबार गर्न प्रेरित गरेको र सोझालाई फसाउने कार्य बढेको भन्दै संलग्नलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

यसअघि चैत १ गते १० करोडको क्रिप्टो करेन्सी किनबेचको आरोपमा दुईजनाविरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

मनोरञ्जन समाचार समाज