आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना

हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको जनाएको छ । महाशाखाका अनुसार, आज प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एकरदुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, भोलि मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा सामान्यतया सफा रहनुका साथै प्रदेश १ को पहाडी भू–भागका एक÷दुई स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

समाज