युवालाइ समृद्धिसङ्ग जोडदै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्न नेतृत्व गर्ने अबसर दिनुपर्छ : मेयर महत

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले युवालाइ समृद्धिसङ्ग जोडदै समृद्द नेपाल सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्न युवालाइ नेतृत्व गर्ने अबसर दिनुपर्ने बताउनुभएको छ ।

जिल्ला युवा समिति मकवानपुरको समन्वय तथा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडाहरुमा गठित वडा स्तरीय युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको नेतृत्व तथा क्षमता बिकास तालिमको समापन गर्दै नगर प्रमुख महतले युवा वर्गको समुचित विकास, परिचालन र सहभगितामा नै सीप, पुँजी र प्रविधि जोडन सके देश विकासले गति लिने बताउनुभयो ।

नगरप्रमुख महतले आम युवाहरुको क्षमता बिकासबाट नै समग्र नगरको बिकास हुने भएकाले युवाको नेतृत्व बिकासका लागि कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला युवा समिती मकवानपुरको अध्यक्ष शिबहरि दाहालले युवाहरु बर्तमानका साझेदार र बिकासका पुर्वाधार भएकाले जिल्लामा रहेका सरकारी तथा अन्य निकायहरुसङ्ग समन्वय गरि सबै नगर र गाउँपालिकाका युवाहरुको नेतृत्व र क्षमताको बिकास एवं परिचालनका लागि स्थानिय सरकार सङ्ग मिलेर काम जानकारी बताउनुभयो ।

अध्यक्ष दाहालले युवामा देखिएको पलाएन, बेरोजगारी र युवाका समस्या हल गर्न युवाको क्षमता बिकास गर्दै सिप र उधमसिलता तर्फ जोडन पहल गरिरहेको बताउनुभयो ।

जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष दाहालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा हेटौंडा ६ का वडाध्यक्ष अर्जुन चौलागाईं, प्रशिक्षक रिपेश दाहाल र बालकुमार श्रेष्ठ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो।

तालिममा वडा स्तरिय युवा क्लबका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरु गरि १०० जनालाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।

No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.
No description available.
No description available.No description available.
No description available.
No description available.No description available.No description available.
No description available.No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.
प्रदेश समाचार