मनहरी-६ मा रुखको हाँगाले थिचेर घलानको मृत्यु

हेटौँडा/ मकवानपुरको मनहरी-६ मा रुखको हाँगाले थिचेर मृत्यु हुनेको शनाखत भएको छ। मृत्यु हुनेमा मनहरी-६ चियानडाँडा घर भएका ४८ बर्षीय बुद्दी बहादुर घलान रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

उनको मंगलबार दिउँसो पैदल हिँडिरहेका अवस्थामा चलेको हावाहुरीका कारण रुखको हागा झरेर च्यापिदा घटनास्थलमै ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।घटनास्थलमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक टोली रहेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ।

यो पनि पढनुहोस्

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ मा आज दिउसो पानीसंगै परेको हावाहुरीका कारण रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ। हेटौंडामा हावाहुरी कमै आएको भएपनि मनहरीमा हावाहुरीले रुखको हाँगा झरेर एक जनाको मृत्यु भएको हो ।

पैदल हिँडिरहेका एक पुरुषको रुखको हागाले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हनेको पहिचान नखुलेको र घटनास्थल मनहरीबाट २ घण्टाको दुरीमा रहेको र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक टोली घटनास्थल तर्फ गइसकेको जनाइएको छ।

समाज