फर्पिङबाट ब्राउन सुगरसहित पक्राउ दुई जना पक्राउ

हेटौँडा/ हेटौंडाबाट काठमाडौं जाँदै गरेका दुई जनालाई प्रहरीले ४७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-६ घर भई काठमाडौं मच्छेगाउँ बस्‍ने ३१ वर्षीय बिनोद चौधरी र वीरगञ्ज महानगरपालिका २९ घर भई कलंकी बस्‍ने २० वर्षीय रमेश यादव रहेका छन् ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेका उनीहरुलाई दक्षिणकाली नगरपालिका वडा नं.

५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरी टोली चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको छ ।

समाज