हेटौंडा–७ मा कांग्रेसको टोल समिति गठन

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको न्युरेनी चिसापानीमा कांग्रेसको टोल समिति गठन भएको छ । बुधबार भएको भेलाले पवन अधिकारीको नेतृत्वमा कांग्रेस न्युरेनी चिसापानी टोल समिति गठन भएको हो ।

समिति उपाध्यक्षमा लोकनाथ खनाल, सचिवमा भरत खत्री, सहसचिवमा स्मृति पौडेल रहेका छन् । भेला नेपाली कांग्रेस मकवानपुरका निवर्तमान कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता तथा कांग्रेस हेटौंडा–७ का सभापति दामोदर गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।

भेलामा ७० वर्ष उमेर पुगेका १० जना वृद्धवृद्धालाई सम्मान गरिएको थियो । कांग्रेस हेटौंडा–७ का वडा प्रतिनिधि अर्जुन प्रसाद चौलागाईको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा ७ नम्वर कार्य समिति उपसभापति रितुप्रसाद तिम्लसिना, उमेश केसी, सचिव प्रकाश कार्की, कोषाध्यक्ष रामचन्द्र अधिकारी कांग्रेस हेटौंडा नगर सदस्य दिलीप घिमिरे, कुलप्रसाद चौलागाई, महिला संघ–७ नम्वर सभापति सम्झना अधिकारी लगायतको सहभागिता थियो । तु खबरबाट साभार

राजनीति