नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा पुनः श्रीराम दाहाल चयन

हेटौँडा/ नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा पुनः श्रीराम दाहाल चयन भएका छन् । संगठनको शनिबार भएको १३ औं जिल्ला अधिवेशनबाट दाहालको नेतृत्वमा ३० सदस्यीय कार्यसमिति चयन भएको हो ।

संगठनको उपाध्यक्षमा प्रतिमा गौतम र कृष्ण प्रसाद पौडेल, सचिवमा मुकुन्द न्यौपाने, कोषाध्यक्षमा बासुदेव रिजाल, सहसचिव चन्द्रादेवी लामा, सहकोषाध्यक्ष भावना सापकोटा चयन भएका छन् । संगठनमा सरकारी तथा निजी विद्यालयमा कार्यरत २ हजार ३ सय ५२ जना शिक्षक, कर्मचारी रहेको बताइएको छ । अधिवेशनको अवसरमा पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

शिक्षा समाचार समाज