पूर्वराजा वीरेन्द्र शाहको अर्ध कदको शालिक स्थापना

हेटौँडा/ तुलसीपुर उपमहानगरपालिका-५ मा पूर्वराजा वीरेन्द्र शाहको अर्ध कदको शालिक स्थापना गरिएको छ। तत्कालीन माओवादीले २०६२–०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको पूर्वराजा वीरेन्द्रको शालिक तोडफोड गरेको थियो।

करिब १६ वर्षपछि पुनस् वीरेन्द्र चोकमा वीरेन्द्रको शालिक स्थापना गरिएको हो। उपमहानगरपालिका-५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडाध्यक्ष वीरेन्द्र शाहले बताए। तोडफोड भएपछि उक्त शालिक गाडिएको अवस्थामा हालको राप्ती प्रादेशिक अस्पताल परिसरमा अवस्थामा भेटिएको थियो।

समाज