हेटौंडा- ६ मा ट्याक्टरबाट खसेर मोक्तानको मृत्यु

हेटौँडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ पुतलीडिकमा गसडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ बस्ने २३ वर्षीय राजेश मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, गएराती नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्वरको ट्रयाक्टरबाट खसेर मोक्तान गम्भीर घाइते भएका थिए । घाइते उनको चितवनमा उपचारको क्रममा राति नै मृत्यु भएको हो । प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणलाई लिई आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

समाज