मातृभूमि साहित्य समाजले २६ गते ८ जना स्रष्टालाई सम्मान गर्ने

हेटौँडा/ मकवानपुर जिल्लाको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले यहि चैत २६ गते विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

हेटौंडामा हिजो बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले पुरस्कृत एवं सम्मान गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष माधब पोख्रेलले यस बर्ष २० हजार राशिको नित्य गोविन्द स्मृति मातृभूमि संगीत पुरस्कार २०७८ वरिष्ठ संगीतकार शक्ती बल्लभलाई प्रदान गर्न लागिएको जानकारी दिए ।
यसैगरी ११ हजार राशिको होमनाथ बलदेवी मातृभूमि छन्द साहित्य सम्मान गोरखाका छन्द कवि सिताराम अधिकारीलाई प्रदान गरिने भएको छ भने २१ हजार राशिको मायादेवी मातृभूमि पुरस्कार पर्वतका सायित्कार गंगा पौडेललाई प्रादन गरिने भएको छ ।

यस्तै नवलपरासीका पुरातत्व विद् बसन्त विडारीलाई १५ हजार राशिको क्षेत्र बहादुर स्मृति मातृभूमि सम्मान प्रदान गरिँदा मकवानपुरका नाटककार तथा कलाकार उज्वल शर्मा भण्डारीलाई १५ हजार राशिको राजकुमार स्मृति मातृभूमि सम्मान गरिने अध्यक्ष पोखरेलले बताए ।

पुरस्कार तथा सम्मान कार्यक्रमकै अवसरमा लामो समयदेखि मकवानपुरमा पत्रकारिता गर्दै आएका पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठलाई ७ हजार पाँच सय राशिको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी भ्वाइस अफ किड्सका विजेता जेनिश उप्रेतीलाई ७ हजार ५ सय नगद राशिको मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान र १० हजार रुपैयाँ राशिको मञ्जु सुवेदी स्मृति सम्मान—२०७८ मकवानपुकीसामाजिक अभियान्ता सरस्वती बर्तौलालाई प्रदान गरिने पनि अध्यक्ष पोखरेलले जानकारी दिए । प्रष्ट खबरबाट साभार

समाचार समाज