बसको ठक्करबाट हेटौंडाका ढकालको मृत्यु

हेटौँडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानीस्थित आज बिहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ बस्ने ७३ वर्षीय मानबहादुर ढकाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

मोरङ उर्लाबारीबाट काठमाण्डौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्वरको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते ढकाललाई उपचारको लागि हेटौडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

समाज