थप २५ जनामा कोरोना संक्रमण पुष्टि

हेटौँडा नेपालमा पछिल्लो २४ घन्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ६२३ जनाको पिसिआर परीक्षण गर्दा २४ र १ हजार ३२८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि गरेको हो।

अहिले देशभर १ हजार ८१ जना सक्रिय संक्रमित छन्। ८९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

 

समाज