नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा सुनुवाइ नहुने

हेटौँडा/ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजासलमा परेको सो मुद्दामा यसअघि गरिएको आदेशका कारण सुनुवाइ नहुने भएको हो । न्यायाधीश सुवेदीले यसअघि सोमप्रसाद पाण्डेसम्बन्धित मुद्दामा आफूले आदेश दिएको र उक्त मुद्दामा पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

राजनीति समाचार