लागूऔषध खैरो हेरोइनसहित हेटौंडाका दुई युवक पक्राउ

हेटौँडा/ हेटौंडाका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ बस्ने २३ वर्षीय प्रबिन तामाङ र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्क बस्ने २१ वर्षीय उमेश लामा पक्राउ परेका हुन् ।

उनीहरुलाई पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ६ ग्राम लागूऔषध खैरो हेरोइनसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बा ८६ प ५०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाज