यस्तो हुनेछ देशभर आजको मौसम

हेटौँडा/ भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभावका कारण नेपालमा सामान्य प्रभाव परेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

समाज