२१ वर्षीया महिला झुण्डिएको अवस्थामा मृत फेला

हेटौँडा/ मकवानपुरमा २१ वर्षीया महिला झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।

आईतबार जिल्लाको भीमफेदी गाउँपालिका वडा नंबर ६ किटभन्ज्याङको कमल गोलेको श्रीमती २१ वर्षीया सपिता गोले आफ्नै घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

गोले आफ्नै घरदेखि अन्दाजी एकसय मिटर दक्षिण तर्फ बारीको रुखमा झुण्डिएको अवस्थामा मृतफेला परेको उनले बताए ।

घटनास्थलमा प्रहरी निरीक्षकको टाली गएर आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता रिमालले बताए ।

समाज