९० किलो गाँजासहित अली पक्राउ

हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ मा प्रहरीले ट्रकमा ल्याउँदै गरेको ९० किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

हिजो साँझ ५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको BR-25GA3092 भारतीय नम्बर प्लेट भएको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनको भागमा फल्स बटन बनाइ लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक पनि भारतीय नागरिक हुन् ।

ट्रक चालक मोजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलीलाई गाँजा र ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाज