गोकर्णेश्वरमा एक युवती मृत फेला

हेटौँडा/ काठमाडौंको गोकर्णेश्वरमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।

गोकर्णेश्वर नगरपालिका-३ जगडोल बन कार्यालय नजिक जङ्गलमा काठमाडौं महानगरपालिका-६ कपन सरस्वती नगर बस्ने भोजपुर हतुवागढी गाउँपालिका-२ घर भएकी २७ वर्षीया निला राई बिहीबार मृत अवस्थामा फेला परेकी हुन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

समाज