२९ अंकले घट्यो नेप्से

साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक २९.६० अंकले घटेर २३ सय ८५.६४ बिन्दुमा आइपुगेको छ । आइतबार ३४ लाख ७ हजार २७२ कित्ता सेयर २९ हजार ४४ पटक करोबार हुँदा कुल कारोबार रकम एक अर्ब ४४ करोड ७ लाखमा सीमित रह्यो ।

आइतबार कुल २३३ कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा १६७ कम्पनीको मूल्य घटेको छ भने २४ कम्पनीको मूल्य बढेको र ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

नेस्डो समृद्ध लघुवित्तको सेयर सबै भन्दा धेरै १० प्रतिशतले बढ्यो भने हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले नै घट्न पुग्यो । निरन्तर घटिहेको बजार आइतबार पनि २३ सय अंकको लाइनमा झरेको छ ।


अर्थ