सञ्चार माध्यम तथा पत्रकार अनुगमनका लागि समिति

खोटाङमा आसन्न स्थानीय तहको निर्वाचनका समयमा सञ्चार माध्यम तथा पत्रकारको अनुगमनका लागि समिति बनाइएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका बेला जिल्लाका सञ्चार माध्यम तथा पत्रकारले सम्प्रेषण गर्ने समाचार सामग्री अनुगमनका लागि नेपाल पत्रकार महासंघको पहलमा तीन सदस्यीय अनुगमन समिति बनाइएको हो।

महासंघको बैठकले पत्रकार कृष्ण आचार्य, महासंघका पूर्वअध्यक्षद्वय डम्बरसिंह राई र दमन राई रहेको अनुगमन समिति गठन गरेको हो। निर्वाचनका समयमा सत्य तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्दै मर्यादित पत्रकारिताका लागि अनुगमन समिति गठन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए।

समितिलाई निर्वाचनका समयमा पत्रकार आचार संहिताको पालना भएरनभएको, पत्रकार आचार संहिता तथा निर्वाचन आचारसंहिता उल्लंघन भएरनभएको, सत्य, सन्तुलित र बिश्वसनीय समाचार सम्प्रेषण गरेरनगरेको विषयमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

समाचार