सुन चाँदीको मुल्यमा वृद्वि

हेटौँडा/  साताको दोस्रो दिन सुन चाँदीको भाउ आज बढेको छ । सुन तोलामा आज पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको भाउ पाँच रुपैयाँले बढेको छ ।

हिजो सुनको मूल्य एक लाख दुई हजार रुपैयाँ थियो । आज सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ।

अर्थ