पाल्पामा ७० वर्षीया वृद्धा बलात्कृत

हेटौँडा/ पाल्पामा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

गत शनिबार राति तानसेन नगरपालिका बस्दै आएकी वृद्धा बलात्कृत भएकी थिइन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाँउपालिका–४ भैरवस्थानका २७ वर्षीय सञ्जय सुनारलाई पक्राउ गरेको छ।

सुनारले ती वृद्ध महिलालाई मध्यराति भैरवस्थान मन्दिर नजिकै बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। सुनारलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

समाज