राक्सिराङमा चट्याङ लागेर गोलेको मृत्यु

 

मंगलबार साँझ बर्षासँगै परेको चट्याङ लागेर  घाइते भएका मकवानपुरको राक्सिराङ- ८ गोङरेङमा  एक व्यक्ति मृत्यु भएको छ ।

चट्याङ लागेर स्थानीय ६५ बर्षीय जीतबहादुर गोले घाइते भएका थिए । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । उनलाई उपचारका लागि मनहरी ल्याइएको थियो । उनको उपचारको क्रममा हिजो राति मनहरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन् ।

त्यसैगरी मंगलबार साँझ परेको चट्याङ लागेर इन्द्रसरोवर-२ मा एक महिलाको घाइते भएकी छिन् । चट्याङ लागेर ६० बर्षीय ठुलीमाया रुम्बा घाइते भएकी छिन् । उनको ललितपुरमा रहेको पाटन अस्पतालमा उपचार भइरहेको डिएसपी कार्कीले बताए ।

समाज