ठेक्कापट्टा गर्ने व्यक्ति आफ्नो पालिकाबाहेक अन्यत्र उम्मेद्वार बन्न पाउने

हेटौडा/ सर्वोच्च अदालतले आफ्नो पालिकाबाहेक अन्यत्र ठेक्कापट्टा गर्ने व्यक्ति स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हुनसक्ने आदेश दिएको छ ।

ठेक्कापट्टामा लागेको व्यक्तिको राजनीति गर्न पाउने अधिकार हनन् भएको दाबी गर्दै यादव श्रेष्ठले दायर गर्नुभएको रिटको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

न्यायाधीश नहकुल सुवेदीको इजलासले ठेक्कापट्टा गरेको सम्बन्धित पालिकाबाहेक अरु स्थानीय तहमा उम्मेद्वार हुन रोक नलगाउन आदेश दिएको छ । स्थनीय तह निर्वाचन ऐनअनुसार उम्मेद्वार हुन सम्बन्धित पालिका वा वडामै मतदाता नामावली रहेको हुनुपर्नेछ ।

गत चैत १६ गते आयोगले उम्मेदवार हुन ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पति सम्बन्धी व्यवहारमा संलग्न नरहेको’ स्वघोषणा गर्नुपर्ने निर्णय सार्वजनिक गरेको थियो ।

समाज