देशभर एसईई परीक्षा आज बाट सुरु,मकवानपुरमा ७ हजार १ सय ३८ जना सहभागी हुदै

देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बाट सुरु हुदैछ । मकवानपुरमा एसईई परीक्षा सबै पूरा भएको छ ।

परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

मकवानपुर जिल्लाबाट यस वर्ष १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी हुने सूचना अधिकारी पौडेलले बताए ।

पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्न लागिएको छ ।

शिक्षा समाज