आजबाट मेलम्चीको पानी काठमाडौँमा वितरण हुँदै

हेटौँडा/ मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौँ उपत्यकामा वितरण सुरु हुने भएको छ ।

गत वर्षको असार १ र १७ गतेको बाढीले आयोजनामा क्षति पु¥याएपछि उपत्यकाबासीले मेलम्चीको पानी उपभोग गर्न पाएका थिएनन् । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि उपत्यकाबासीको घर–घरमा पानी वितरण हुनेछ ।
सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना गत चैत मसान्तभित्र सञ्चालन गर्ने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजना सञ्चालनमा आएसँगै उपत्यकामा पानीको समस्यामा राहत हुने आशा गरिएको छ ।

खानेपानी मन्त्रालयले आयोजनाको सफाइ र मर्मतको काम सम्पन्न गरी गत २०७८ चैत २९ गते काठमाडौँतर्फ पानी पथान्तरण गरेको थियो । त्यसको एक हप्तापछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको थियो ।
प्रशोधन केन्द्रमा भण्डारण गरी वितरण केन्द्रमार्फत उपत्यकाका घर–घरमा वितरण गर्न लागिएको हो ।

समाचार