चुनाबले बढायो आर्थिक चहलपहल

स्थानीय तहको निर्वाचन नजिकिँदै जादाँ व्यावसायिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ । मुख्यरुपमा होटल रेष्टुराँका व्यापार बढ्न थालेका छन् ।

यसको प्रत्यक्ष लाभ उत्पादन क्षेत्रले पनि पाउन थालेका छन् । पछिल्ला वर्षहरूमा निर्वाचनको समयमा खर्च बढि हुने गरेको छ ।

स्थानीय तहको निर्वाचन भएकाले गाँउ टोलमा रहेका होटल रेष्टुराँदेखि सहरको ठुला होटल रेष्टुराँमा पनि यसको प्रभाव देखिन थालेको हो । जिल्लाका पर्यटन व्यवसायीसमेत रहेका उद्योग परिसंघ बागमती प्रदेशका अध्यक्ष भेषराज दुवाडीले निर्वाचनको चहलपहल सुरु भएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

अर्थ राजनीति समाचार