कलम र हसिया हथौडामा भोट हाल्ने प्राक्टीस भैसक्यो : बानीँया

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश समति सभापति इन्द्रबहादुर बानीयाँले गठवन्धनको बिरोध गर्ने र विपक्षमा उभिने कार्यकर्ताहरु कांग्रेस हुनै नसक्ने बताएका छन् । काठमाण्डौँमा शुक्रबार आयोपजत पाँच दलीय गठवन्धनको सभामा बोल्दै प्रदेश सभापति बानीँयाले गठवन्धनको बिरोध गर्नेहरु विपि कोइरालाको सिद्धान्तको बिरोधी, शान्ति प्रक्रियाको बिरोधी रहेको उल्लेख गरे ।

कांग्रेसबाट बागी दिनेहरुले एमालेलाई सहयोग गरेको भन्दै बानीयाँले आफुहरुलाई कलम र गोलाकार भित्रको हसिया हथौडामा मत हाल्ने प्राक्टिस भैसकेको बताए । उनले भने ‘मान्छेले अफवाह फैल्याउछन कि कांग्रेसले हसिया हथौडा र कलममा मत हाल्ने र उनिहरुले रुखमा मत हाल्ने प्राक्टिस भैसक्यो।’ नेपाल पत्रकार महासंघ, बार एसोसियसन तथा राष्ट्रियसभाको निर्वाचनमा गठवन्धनले एक अर्कालाई मत दिइसकेको उनले बताए ।

‘कतिपय साथीहरूले विद्रोह गरेँ भन्नुभएको छ । उहाँले त एमालेलाई सहयोग गरेको हो । हाम्रा उम्मेदवारलाई जिताएर अघि बढ्नुको विकल्प छैन्,’ उनले भने । गठवन्धनको नाममा भ्रम छर्ने काम भैरहेको भन्दै उनले भ्रमबाट मुक्त भएर निर्धक्क गठवन्धनलाई मतदान गर्न अनुरोध समेत गरे ।

राजनीति समाचार समाज स्थानीय