मकवानपुरगढीमा एमालेको चुनावी अभियान

हेटौँडा \ आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेको घरदैलो तथा चुनावी प्रचारप्रसार तीव्र भइरहेको छ । गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईं र उपाध्यक्ष पदको उम्मेदवार सन्तु थिङ यतिखेर घरदैलो र चुनावी भेटघाटमा व्यस्त रहेका छन् ।

एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हुमागाईंले चुनावी सभालाई सम्बोधन गर्दै पाँच दल एक तिर एमाले एक तिर हुँदापनि हाम्रो जीत निश्चित रहेको बताएका छन् । उनले ‘जनताबीचको गठबन्धन छैन, पार्टी-पार्टीबीचको मात्रै गठबन्धन भएको बताएका छन् ।

उनले प्रतिवद्धता पत्रमा उल्लेख भएका कुरालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कृषि, सडक, पुल, बिजुली पोलको स्तरोन्नती, उद्योग र उद्यम, सामाजिक विकासका क्षेत्रमा भएका कामलाई निरन्तरता दिने उनले बताए ।

डुम्रेकुनाको अस्पतालमा वृद्धवृद्धा र असक्तलाई निःशुल्क उपचार दिनुका साथै गाउँलाई समृद्ध बनाउन र योजनालाई पूर्णता दिन आफुलाई विजयी गराउनु सबैलाई आग्रह गरेका छन् ।

राजनीति समाचार समाज