असानी’ चक्रवातकाे असर नेपालमा पनि, आज यी क्षेत्रमा वर्षा हुने

तीन दिन अघि दक्षिणी बंगालको खाडीमा विकसित भएको ‘असानी’ नामक सामुद्रिक आँधीको असर मंगलबार बिहानबाट नेपालमा पनि देखा परेको छ । असानीसँगै स्थानीय र पश्चिमी वायुको पनि प्रभाव पर्दा बिहानैदेखि मधेस प्रदेश र काठमाडौंसहित अन्य पहाडी भूभागमा बदली भएको छ । साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेकाे छ ।

‘जलवास्पयुक्त हावा नेपाल प्रवेश गरेको छ, सामुन्द्रिक आँधीको आंशिक प्रभाव पनि हो,’  मौसमविदले भने, ‘पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा हावाहुरी चल्ने सम्भावना रहन्छ ।’

महाशाखाले आगामी तीन दिनको मौसम आँकलन गरेको छ । जसअनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दिउँसोभन्दा राति मौसम अझ प्रतिकूल हुने देखिन्छ । राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

समाज