थप १३ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३४ नमुना परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका १३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमति हुनेको संख्या ९ लाख ७८ हजार ८५१ पुगेको छ ।

त्यसैगरी आज निको भएका १७ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ८२३ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यस्तै हाल १८५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १८४, संस्थागत आइसोलेशनमा १ जना रहेको छ भने आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १४२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

समाज