चीनमा उड्न लागेको विमानमा आगलागी, २५ जना घाइते

काठमाण्डौं : चीनको चोङचिङ प्रान्तमा रहेको एक विमानस्थलमा हवाईजहाजमा आगलागी भएको छ । ११३ यात्रु र ९ जना चालक दलका सदस्य बोकेको तिब्बत एयरलाइन्सको जहाजमा एक्कासी आगलागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

घटनामा २५ जना सामान्य घाइते भएको र बाँकी सबैलाई उद्धार गरिएको जनाइएको छ । सामान्य घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको चीनको सरकार सञ्चालित अखबार पिपुल्स डेलीले जनाएको छ ।
तिब्बतको न्यिङ्चीका लागि उड्ने तयारीमा रहेको विमानमा चालक दलका सदस्यले ‘असामान्य’ गतिविधि भएको थाहा पाएर विमानको उडान स्थगित गरेका थिए । त्यसपछि केही बेरमा विमानमा आगलागी भएको एएफपीले जनाएको छ ।
समाचार समाज