बकैयामा एक पुरुषको शव फेला

बकैया । मकवानपुरको बकैया गाउँपालिकामा एक जना पुरुषको शव फेला परेको छ ।

बुधबार गाउँपालिकाको वडा नंबर २ को कैलेनी भिर नजिक हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय मवानपुरले जनाएको छ ।

खोला नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

समाज स्थानीय