मकवानपुरका दश स्थानीय तहमा तयार भयो मतदान केन्द्र, जिल्लाका ३६५ मतदान केन्द्रबाट मतदान गरिदै

हेटौंडा । मकवानपुरका दश वटै स्थानीय तहमा मतदान केन्द्र तयार भएको छ । भोली सुक्रबार यहाँका ३ सय ६५ मतदान केन्द्रबाट नागरिकले भोट हालेर आफ्ना प्रतिनिधि चयन गर्दै छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित दश वटै स्थानीय तहमा मतदान केन्द्रहरु तयार भएको हो ।

निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि मतदान केन्द्रमा खटिएका अधिकारीहरुले स्थानीय स्तरमा राजनीतिक दलका प्रतिनिधिहरुसँग समन्वय गर्ने काम भइरहेको बताएका छन् ।

मकवानपुरका दश वटै स्थानीय तहमा मतगणनास्थलको तयारी पनि सकिइसकेको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले बताउनुभयो । मकवानपुरमा १ सय ६५ वटा मतदानस्थल रहेका छन् । यस्तै मकवानपुर जिल्लाका सबै स्थानीय तहमा निर्वाचनको सबै तयारी पुरा भएको मतदान अधिकृतहरुले बताएका छन् ।

निर्वाचनका लागि कर्मचारीहरु दिन रात नभनीकन खटिएका छन् । यस्तै २७ गते राति १२ बजेदेखि लागू भएको मौन अवधि पालना भए, नभएको अनुगमन भइरहेको र पालना नगर्नेलाई सचेत गराउने काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजनीति समाचार समाज स्थानीय