विराट नेपाल मेडिकल ट्रष्टद्वारा स्वास्थ्य कार्यालय मकवानपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विराट नेपाल मेडिकल ट्रष्टले जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई विभिन्न मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । बिहीबार उक्त सामाग्री ट्रष्टको मकवानपुरका प्रोजेक्ट मेनेजर भोला राईले कार्यालयका क्षयकुष्ठ निरिक्षक ठाकुर पौडेललाई हस्तान्तरण गरेका हुन् ।

 

विराट नेपाल मेडिकल ट्रष्टले ८ सय बक्स सर्जिकल मास्क, १०० बक्स ग्लोव्स् र १५० बोटल स्यानिटाइजर हस्तान्तरण गरेको हो । स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामाग्री चौथो पटक हस्तान्तरण गरिएको प्रोजेक्ट मेनेजर राईले जानकारी दिए । प्राप्त स्वास्थ्य सामाग्री जिल्लाका आवश्यक स्वास्थ्य संघसंस्थाहरुमा पठाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

 

 

समाज स्थानीय