हेटौंडा-४ मा नविन सिग्देल प्यानल विजयी

हेटौंडा उपमहानगरपालिका वडा नम्वर-४ को वडाध्यक्षमा एमालेका उम्मेदवार नविन सिग्देल विजयी भएका छन्।
बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार सिग्देल पुन:वडाध्यक्षमा निर्वाचित भएका हुन्।
सिग्देलले कांग्रेसका उम्मेदवार हरिप्रसाद पौडेललाई पराजित गरेका हुन।सिग्देलले २११२ मत प्राप्त गर्दा कांग्रेस नेतृत्व गठबन्धनका उम्मेदवार पौडेलले २०२३ मत प्राप्त गरेका हन। उक्त वडामा एमालेको प्यानलनै विजयी भएको हो

राजनीति