चितवनमा भीषण हावाहुरी: तिनको मृत्यु

भरतपुर ।  शुक्रबार साँझ आएको भीषणा हावाहुरीका कारण चितवनमा तिन जनाको ज्यान गएको छ।शुक्रबार साँझ हावाहुरीले ढालेको रुखले अटो र म्युजिक मा सवार किचेर तीन जनाको मृत्यु भएको हो।

भरतपुरको दुई स्थानमा बाटोमा गुडेको अटोलाई किच्दा अटोमा यात्रा गरेका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी  कार्यालय चितवनले जनाएको छ।शुक्रबार साँझ करिब ७ बजे आएको भीषण हावाहुरीले भरतपुर–११ भोजाडको जंगलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको को अटोलाई किच्दा भरतपुर–११, लामाटोलका ५० वर्षिय  प्रदीपकुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी – ६ घर भई हाल भरतपुर ७ कटहरचोक बस्ने २८ वर्षिय माया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।सोही अटोमा सवार वर्ष २० की अबिता गुरुङ र वर्ष ५० की तुलमाया गुरुङ सामान्य घाइते भएका छन्। उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

त्यस्तै भरतपुर–११, बसेनीचोकमा बिशालचोकबाट बसेनीतर्फ आउँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा उक्त म्याजिकमा सवार भरतपर- ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ।शुक्रबार साँझ आएको हावाहुरीले  विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भएको छ।  नारायणी नदीको पुलमा ट्रक नै पल्टाएको थियो।जिल्लाको अधिकांश स्थानमा हावाहुरीले  विद्युत पोल ढालेको छ।

समाज