नेविसंघद्वारा बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधनको माग गरेको छ । हद म्यादको व्यवस्था संशोधनको माग गर्दै नेविसंघले ज्ञापनपत्र बुझाएको हो ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आइतबार कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई बलात्कारसम्बन्धी हदम्यादको व्यवस्था संशोधन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा बलात्कारजस्ता जघन्य अपराधका घटनामा दोषीले उन्मुक्ति पाउन नहुने र दोषीमाथि कडा कारवाहीका लागि विभेदकारी कानूनी व्यवस्था संशोधन हुनुपर्ने उल्लेख छ ।

 

समाचार समाज