हेटौंडाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथग्रहण गरेका छन्।सोमबार बिहान  हेटौंडा-२ मा रहेको पल्पसाहलमा आयोजित कार्यक्रममा मार्फत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित नगर प्रमुख,उपप्रमुख सहित १९ वडाका वडाध्यक्ष तथा सदस्यले पद तथा  सपथ लिएका हुन्।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले नव निर्वाचित हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामालाई सपथग्रहण गराएका थिए।
त्यसैगरी मेयर लामाले सपथग्रहण गरे लगत्तै उपमेयर राजेश बानियाँ१९ वडाका  वडा अध्यक्षहरु र वडा सदस्यहरुलाई सपथग्रहण गराएकी थिइन।
सपथग्रहण कार्यक्रममा वागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान,मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ, वागमती प्रदेश सदस्य प्रेम बहादुर पुलामी,मुनु सिग्देल मकवानपुरका प्रजिअ भरतमणी पाण्डे सहित विभिन्न राजनैतिक दलका जिल्ला अध्यक्ष,नगर अध्यक्ष सहित राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

राजनीति समाचार समाज