मनोज पाण्डेविरुद्ध पीडितले दिइन् ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी

काठमाण्डौंः सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डे विरुद्ध पीडितले जाहेरी दिएकी छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन् ।

जिल्ला अदालतमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा आयोजना गरेको मिस ग्लोबल इन्टरनेशनल प्रतियोगितापछि ‘सक्सेस पार्टी’को नाममा काठमाडौँको एभरेस्ट होटलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

समाचार समाज