मूल्यवृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाण्डौं : काठमाडौंमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन भएको छ । त्रिपुरेश्वरस्थित आँखा अस्पताल अगाडि नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीको आयोजनामा मूल्यवृद्धिको विरोध प्रदर्शन भएको हो ।त्रिपुरेश्वरबाट पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरुद्धमा र्‍यालीसहित आयल निगम केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिइएको हो ।

सरकारले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०र१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।

समाज