मकवानपुरमा ४२२ किलो गाँजा बरामद

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ बायोखोला स्थित डाँडाबास–पालुङबाट प्रहरीले ४ सय २२ किलो लागूऔषध गाँजा बरामद गरेको छ ।

आइतरबार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सडक किनारमा रोखिराखेको ना ६ ख ३२४३ नम्बरको मिनि ट्रक १४ वटा बोराभित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेट(४ सय २२) लागूऔषध गाँजा बरामद गरिएको हो ।

ठुलो परिणामको गाँजा, मिनी ट्रक बरामद गरेपनि प्रहरीले गाँजा ओसार्नेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । गाँजा वेवारिसे अवस्थामा पनि होइन । भारत निकासी गर्न लागिएको गाँजा प्रहरीले गाडी सहित बरामद गरेको हो । तर, यसमा संलग्नहरुलाई भने पक्राउ गर्न नसकिएको हो । गाँजा ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले चेकपइन्ट खडागर्ने वित्तिकै गाडीबाट गाँजा ओसार्नेहरु फरार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

डाँडाबास-पालुङ पक्की सडकको छेउमा गएराति बेवारिसे अवस्थामा रोकी राखेको मिनिट्रकबाट उक्त गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेक जाँच गर्दा ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला परेको हो ।

ट्रक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता कार्कीको भनाई छ । फेला पारेको उक्त लागूऔषध गाँजा, मिनिट्रकलाई नियन्त्रणमा लिएर संलग्न व्यक्तिहरुको खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

समाज स्थानीय