५ महानगरसहित १६ स्थानीय तहको मतपरिणामा आउन बाँकी

हेटौंडा । वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा अब १६ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।
देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ३५ स्थानीय तहको मतपरिणामा आइसकेको छ । हालसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले ३ सय २२ स्थानको प्रमुखमा जितेको छ ।
सुरुदेखि नै अग्रता बनाइराखेको काँग्रेसले हालसम्म २ सय ९६ उपप्रमुखमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले २०० प्रमुख र २ सय ३१ उपप्रमुखमा जितेको छ । माओवादी केन्द्रले १ सय २० प्रमुख र १ सय २६ स्थानीय तहको उपप्रमुखका जित हात पारेको छ ।
यस्तै जनता समाजवादी पार्टीले २९ प्रमुख र ३० उपप्रमुख, एकीकृत समाजवादीले १८ प्रमुख र २३ उपप्रमुख, लोकतान्त्रिक समाजवादीले १६ प्रमुख र १२ उपप्रमुख तथा अन्य तर्फका ३० जनाले प्रमुख र १८ जनाले उपप्रमुखमा जित हात पारेका छन् ।
विशेषगरी महानगर र केही विवाद भएका स्थानका मात्रै मतगणना बाँकी रहेको छ । ६ वटा महानगरपालिकामा विराटनगरको मत परिणाम सार्वजनिक भइसकेको छ भने । काठमाडौं, ललितपुर, भरतपुर, विरगञ्ज र पोखराको मत परिणामा सार्वजनिक हुन बाकि रहेको छ ।
 

Opera-Snapshot_2022-05-24-1653353066.png
राजनीति