पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो

काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग राख्दै निवेदन दिएपछि मतगणना रोकिएको हो ।
पोखरा–१८ मा नेकपा एमालेका उम्मेदवार पुस्कल थापा तीन मतले पराजित भएका थिए । एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गर्दै निवेदन दिएको छ । सोमबार मतपरिणाम आएको पोखरा–३१ मा पनि एमालेकै उम्मेदवार पराजित थिए ।

राजनीति