भैसेमा गुडिरहेको कारमा आगलागी

हेटौंडा ।  मकवानपुरको भीमफेदीमा गुडिरहेको कारमा आगलागी भएको छ ।

बुधबार राति भीमफेदी गाउँपालिका वडा नम्बर-४ भैसे नजिक गुडिरहेको बा ८ च ८०३० नम्बरको  कारमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ।
आगलागीबाट मानबिय क्षती नभएको तर कार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताएका छन।
प्रहरीले ब्याट्री सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।

 

समाज