हेटौंडामा लागुऔषध सहित ३ युवा पक्राउ

हेटौंडा । हेटौंडामा प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले हेटाैँडाको विभिन्न स्थानबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको बताएको हो।

 

मकवानपुर प्रहरीका अनुसार  लागुऔषध डाईजेपाम सहित हेटौंडा १३ पदमपोखरी बस्ने २३ बर्षीय निक्मा लामालाई  पक्राउ गरेको छ। लामालाई लागुऔषध डाईजेपाम अन्य विभिन्न प्रकारका ३३ एम्पुल लागूऔषध सहित पक्राउ गरेको हो।

त्सैगरी प्रहरीले हेटौडा- ४ स्कुलरोडमा  शंकास्पद अवस्थामा पैदल हिडिरहेका हेटौंडा- १० घर भई हाल वडा ८ बस्ने बर्ष ३१ को राजेश बि क  र गढी गाउँपालिका- ७ घर भई हाल हेटौडा ५ बस्ने वर्ष २६ को मानविर थिङलाई लागुऔषध सहित पक्राउ गरेको छ।
प्रहरीले उनीहरुले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध वनरेक्स २६ बोतल बरामद गरेको थियो। पक्राउ परेका सबैलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्।पक्राउ परेका सबै माथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

समाज स्थानीय