सुनको मूल्य बढ्यो

नेपालमा आज (शुक्रबार) सुनको मूल्य २०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार रहेकोमा बिहीबार रु ९७ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० रहेकामा बिहीबार पनि प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदीको मूल्य पनि बिहीबारको मूल्य भन्दा १० रुपैयाँ बढ्दै एक हजार २८० मा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो ।

अर्थ